लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंबाट श्रीलङ्का प्रस्थान

काठमाडौं – लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलङ्कातर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा उनीहरूबीच प्रधानमन्त्री ओलीले युरोपेली सङ्घसहित अन्य क्षेत्रीय तथा बहुपक्षीय माध्यमबाट नेपाललाई सहयोग गरेकामा लग्जेम्बर्गको सराहना गरेका थिए ।…