काठमाण्डु - जर्मनी सरकारले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । जर्मनी सरकारले कोरोना महामारी नियन्त्रणमा सहयोगस्वरुप १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । जर्मनी राजदूतले स्वास्थ्यमन्त्रीलाई भेन्टिलेटरसहित ५ वटा आइसोलेसन…