बुटवल – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताए । मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले…