काठमाडाैं–चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चीनका वरिष्ठ राजनीतिक तथा सुरक्षा निकायका नेतृत्वहरूबीच नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई परिवर्तित सम्बन्धमा थप प्रगाढ र गतिशील तुल्याउने विषयमा छलफल भएको छ। उपप्रधानमन्त्री पोखरेलले शुक्रबार चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्ग र शनिबार बिहान चीनका रक्षामन्त्री वेइ फेङ्सँग शिष्टाचार भेटघाट गरेका हुन्।…