मस्कट – ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका सम्पदा तथा पर्यटन मन्त्री स्यालिम विन मोहम्मद अल मर्हुक्कीसँग भेटवार्ता गरेकी छन् । उक्त अवसरमा राजदूत ढकालले मन्त्रीको रूपमा नियुक्त भएकोमा मर्हुक्कीलाई बधाई ज्ञापन गरेकी छन् । राजदूत ढकालले मन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीय स्थलहरूको बर्णन गर्दै पछिल्लो दिनमा ओमानबाट जाने…