नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित

काठमाण्डु – नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार न्युयोर्कमा भएको मतदानमा नेपाल १५० मत ल्याएर परिषद सदस्यमा फेरि निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालसँगै एसिया प्यासेफिक क्षेत्रबाट चीन र उज्वेकस्तान पनि परिषद सदस्य चुनिएका छन् । नेपालले अब सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ…