कोरोनाबाट बेलायतमा संखुवासभाका लीलाबहादुरको मृत्यु, परिवार नै ‘आइसोलेसन’मा

काठमाडौं –कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बेलायतमा एक जना नेपालीको मृत्यु भएको छ । संखुवासभा खाँदबारी नगरपालिका १० घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको हो । उनको मंगलवार (मार्च १७)मा लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिवार…