मोदी र सी जिनपिङबीच ‘अनौपचारिक शिखरवार्ता’ : संयुक्त विकासमा केन्द्रित

वुहाङ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच वान टू वान वार्ता भएकाे छ। चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा अायाेजना गरिएकाे दुई दिने शिखर सम्मेलनका लागि त्यहाँ पुगेका माेदीले सीसँग शुक्रबार भेट गरेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक्लाएक्लै भेटवार्ताका क्रममा उनीहरुले विश्वव्यापी, क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा केन्द्रित भएर छलफल भएकाे…