काठमाण्डु – भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले काठमाण्डु आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि दुवै देशबीच अनवरत संवाद भइरहेको छ । भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे र विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणसम्म आइपुग्दा नेपाल–भारत सम्बन्ध सुधारको वार्ता राजनीतिक तहसम्म पुग्ने संकेत स्पष्ट देखिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमण…