राजदूतलाई अर्थमन्त्रीले भनेः नेपालमा कोरियन जनताको लगानी बढाउनुपर्‍यो

काठमाण्डु – अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल र कोरियाबीच…