काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद हामदान अल–नाक्वी ले शिष्टाचार भेट गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले संयुक्त अरब इमिरेट्सका राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने…