काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) का महासचिब सहिदुल इस्लामले भेटघाट गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमको बनाउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए। प्रधानमन्त्री ओलीले विमस्टेक सञ्चालनका लागि…