परराष्ट्रमन्त्री र माल्दिभ्सका विदेशमन्त्रीवीच भेटवार्ता, माल्दिभ्सका विदेशमन्त्री नेपाल आउने

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहीदसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मालेमा भएको भेटमा दुई मन्त्रीबीच आपसी चासो, व्यापार, पर्यटन, जलवायु परिवर्तन र क्षेत्रीय तथा विश्वमामिलामा सहयोग बारेमा कुराकानी भएको थियो । दुवै मन्त्रीले आपसी सम्बन्ध नयाँ उचाईमा पुर्याउने विषयमा पनि सहमति जनाएका छन् । जलवायु परिवर्तनको समस्या समाधानका…