परराष्ट्रसचिव लम्साल बेल्जियमको राजदूतमा अनुमोदन

काठमाण्डु – परराष्ट्रसचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन् । संसदीय सुनुवाइ समितिको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले परराष्ट्रसचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको हो । उनीउपर आज भएको संसदीय सुनुवाइ समिति बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण,…