काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता भएको हो । भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा सांसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेको जानकारी गराएका छन्…