काठमाण्डु - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि माननिय इश्वरीदेवी…