काठमाण्डु– नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन आजदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता गराउने क्रम जारी रहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १…