राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेकी छन् । मंगलबार कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफूलाई समितिको सभापतिमा उठाउने निर्णय गरेसँगै उम्मेदवारी दिएको न्यौपानेले बताइन् । उनले भनिन्, ‘म संसदीय सुनुवाइ समितिको सभापति नै थिएँ, मलाई बिहान पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने…