पोखरा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ सालमा एमालेले एकल बहुमतको सरकार बनाउने बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहलाई आज सोमबार सम्बोधन गर्न पोखरा आएका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनका कारण देश बर्बादीको दिशामा गएको दाबी गर्दै त्यसलाई रोक्न…