हामीले लड्नुपर्ने विषय देशको गरीबी र भ्रष्टाचार हो : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सबै पार्टीले लड्नुपर्ने विषय देशको गरीबी र भ्रष्टाचार भएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रतिक्रिया दिँदै सभापति लामिछानेले राजनीतिक दलहरूले लड्नुपर्ने विषय साझा रहेका बताए । रास्वपाको प्रतिस्पर्धा कुनै पनि राजनीतिक दलहरूसँग नभएको उनले बताए । ‘हामीले लड्नुपर्ने विषय भनेको देशको गरीबी…