रूकुम पश्चिम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव केही दिनमा नेपाल आउने बताएका छन् । बिहीबार दिउँसो रूकुम पश्चिमको बाफीकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महासचिव आउने बताए । उनले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो तर गठबन्धन भत्काउन, टुटाउन, तोड्न…