काठमाण्डु - वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार)देखि आचारसंहिता लागु भएको छ। चितवन-२, बारा-२ र तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको हो । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । नेपाल सरकार र मन्त्री,…