यी हुन् बालुवाटार बैठकले गरेका तीन निर्णय

काठमाण्डु- सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । बिहीबार बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय…