मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : मेयर शाह

काठमाण्डु - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको बताएका छन् । मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताएका हुन् । ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ…