काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् । केन्द्रीय कारागार सुन्धारा लानुअघि उनले काठमाडौं जिल्ला अदालत परिसरमा भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएकाे दाबी गरेका हुन् । ‘म यसमा संलग्न छैन तर अदालतको आदेश मान्नु पर्छ। अब न्याय होला’, प्रहरीले सुन्धारा लैजानुअघि उच्च…