काठमाण्डु- राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ । सत्तारुढ दल जनमोर्चाले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । पार्टीको फागुन २७ र २८ गते बुटवलमा सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आन्दोलनका कार्यक्रम तय गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५…