मधेस प्रदेश : मंगलबार मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन

जनकपुरधाम - गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मंगलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेश गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।…