विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको स्थिरताका निमित्त सभामुखलाई राजीनामा गराउनुपर्ने बाध्यता रहेको स्पष्ट पारेका छन् । सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री थापाले भने, ‘सभामुखको राजीनामाको कुरा आफ्नो इच्छाले राजीनामा गर्नुभएको होइन । यो प्रदेशको स्थिरताका निमित्त, भोलि बन्ने सरकारका निमित्त सभामुखलाई राजीनामा…