रामकुमारी झाँक्री भन्छिन्: आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरे

काठमाण्डु- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्। मतदान गरेपछि समाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरेको बताइन । यस क्षेत्रबाट एमालेका गोकर्ण विष्ट चुनावी मैदानमा छन् ।