बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँटमा जुट्ला सहमति ?

काठमाण्डु- सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बिहीबार सिट बाँडफाँटको टुंगो लगाउन सो कार्यदलको बैठक बसेको हो । बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बसेको जनाइएको ट । आज कार्यदलले सिट बाँडफाँटसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ ।