नेकपा एसको काठमाण्डु जिल्ला अध्यक्ष बने एलपी श्रेष्ठ

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको काठमाण्डु जिल्ला अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार बसेको नेकपा एसको बैठकले श्रेष्ठको अध्यक्षतामा २ सय ८१ सदस्यीय कमिटी चयन गरेको हो । सो बैठकमा बोल्दै श्रेष्ठले कमिटीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनलक्षित कार्ययोजना तयार गरी अगाडि बढ्ने बताए ।