काठमाण्डु - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुका साथै प्रतिवेदनसमेत पेश गरेका थिए। ‘ब्रिफिङ’मा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको परिणाम, त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे उल्लेख गरेका छन्। उनले कांग्रेससँगको…