काठमाण्डु - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कुनैपनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् । उनले भने, ‘हामीले देशभर जनताको विशाल उपस्थिति देखाइसकेको छौँ। यसलाई खेलाँची नठानियोस्। यो शक्तिलाई…