एमालेमा सदस्यता ‘होल्ड’ हुँदैन, भण्डारीबारे निर्णय भएको छैन : उपाध्यक्ष पाण्डे

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले शनिबार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यता ‘होल्ड’ गर्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । पार्टी प्रवक्ताले सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दा सदस्यता होल्ड गर्ने निर्णय गरिएको जानकारी दिएको विषयमा पत्रकारले सोधेको प्रश्नमा उपाध्यक्ष पाण्डेले एमालेमा सदस्यता होल्ड गर्ने प्रावधान नै नरहेको बताए ।…