तालमेलको साइड इफेक्ट : जसपाका मन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका जसपाका मन्त्री हटाउने तयारी गरेका छन् । सत्ता गठबन्धनमै रहेर विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि रुष्ट बनेका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका हुन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि राजीनामा माग गरिएको जसपाका एक मन्त्रीले जानकारी दिए । जसपाले एमालेसँग…