काठमाण्डु- नयाँ सरकार गठनको बाटो बिहीबारदेखि खुला भएको छ । बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएको हो । बिहीबार आयोगले राष्ट्रपतिलाई अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको लागि बाटो खुला भएको हो । संविधानको धारा ७६ (८) मा ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको…