मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाण्डु– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने छन् । विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सात दलका ७७ जना सांसदको…