काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ । माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले नेताहरुको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेपछि पार्टी केन्द्रीय कार्यालयले पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन भनेको हो । सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, बर्गमिटर, प्राप्तिको…