स्थानीय निर्वाचन : कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ?

काठमाण्डु - निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरुका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्र निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुख वा वडाध्यक्ष र…