बाबुराम भट्टराईको नयां पार्टीमा हिसिला यमी उपाध्यक्ष, ज्वांई र छोरी केन्द्रीय सदस्य

काठमाण्डु - पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराईले आफु पहिलो नम्बरमा र महेन्द्र राय यादवलाई दोस्रो अध्यक्ष बनाउंदै पार्टी गठन गरेका हुन् । उनको पार्टीको सहअध्यक्ष उनि प्रधानमन्त्री हुंदाका प्रमुख स्वकिय सचिव गंगानारायण श्रेष्ठलाई बनाएका छन् । श्रेष्ठ माओवादी जनयुद्धमा लामो समय होमिएका सिन्धुलिका नेता हुन् । नेपाल समाजवादी…