काठमाण्डु – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरेको छ । आयोगले अघिल्लो चुनाव २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरेको हो । चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।…