जाजरकोट : हयाट्रिक गर्ने दाउमा शक्ति, एमालेका आचार्यलाई कति सहज ?

काठमाण्डु – पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ । यसपटक पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस–एमालेबीचको प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले बाजी मार्न सफल भयो । क्षेत्र…