उम्मेदवारी खारेज भएपछि गुरुङद्वारा सर्वोच्चमा रिट दायर

बुटवल - निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार मिचेर निर्णय गरेको र असंवैधानिक निर्णय भन्दै निर्णय खारेज र उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए…