एमालेकाे कार्यक्रममा ५ जना मात्रै वक्ता, अतिथि आशनको लर्को नलाउन ओलीको निर्देशन

काठमाण्डु – नेकपा एमालेले अबदेखि पार्टीको औपचारिक कार्यक्रममा वक्ताबाहेक अरु अतिथिलाई आशन ग्रहण नगराउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टीको औपचारिक कार्यक्रममा वक्ताबाहेक अन्य अतिथिलाई आशन ग्रहण नगराउन निर्देशन दिएका हुन् । अतिथि आसनको लर्कोले कार्यक्रम पट्यारलाग्दो हुने उनको भनाई थियो । ‘एउटा कार्यक्रममा पाँचजनासम्म वक्ता…