कार्यकर्तालाई देउवाले भने- बल्ल पार्टी बलियो हुँदैछ, गठबन्धनविरुद्ध नबोल्नुस्

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आज आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा नबोल्न कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।’ गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने…