एमाले जस्तै दम्भ देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिन्छौँ : प्रचण्ड

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा घमण्ड बढ्दै गएको बताएका छन् । बुधबार देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाण्डुमा प्रशिक्षण दिने क्रममा प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका हुन् । ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई…