आज पनि एमालेले संसद अवरुद्ध गर्ने

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी राख्ने भएको छ । आफूहरूले संसदीय प्रक्रियामा भाग नलिएको भन्दै एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको हो । प्रमुख सचेतक विशाल भट्टराईले एमाले पूर्ववत् अडानमा नै रहेकाले आजको संसद बैठकमा पनि अवरोध जारी रहने बताए । ‘हामी पूर्ववत् अडानमा नै…