०७४ को चुनावमा माओवादीले मतपत्र च्यातेको भरतपुरमा एमाले विजयी

काठमाण्डु – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक धाँधली भएको भन्दै माओवादीले मतपत्र च्यातेको भरतपुर–१९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार प्रकाश तामाङ विजयी भएका हुन् । मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा यो वडामा गठबन्धनका वडाध्यक्षका उम्मेदवार भने हारेका हुन् । कांग्रेसका द्रोणबहादुर गुरुङलाई…