काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावी तालमेलमा गठबन्धन मूलभूत रूपमा सफल भएको बताएका छन् । शनिबार मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई खुमलटारमा बधाई दिँदै उनले स्थानीय तहको चुनावी तालेमलमा पाँच दलीय गठबन्धन सफल भएको बताएका हुन् । उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको बताए…