काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादीले आगामी माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्नेगरि केन्द्रीय समिति बैठक बोलाएको हो । पुस ११ देखि १८ सम्म काठमाण्डुमा आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले हालसम्म महासचिवसहितका पदाधिकारी चयन गर्न सकेको छैन । यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।…