काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका र चीनले हतियारको होडबाजी गरिरहेको बताए । आइतबार विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाण्डुमा भएको बहस कार्यक्रममा अध्यक्ष नेपालले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरिरहेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताएका हुन् । हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने उनको…