महन्थ ठाकुरको एकलौटी निर्णयले लोसपामा विवाद, राजेन्द्र महतो कार्यालय जानै छाडे

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विवाद बढेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोसपामा विवाद बढेको हो । ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यस बीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका…